सेयर बजारमा हरियालीः कसले कमाए, कसले गुमाए ?



काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । निकै उचार चढाबकाबीच बजारमा दोहोरो अंकको सुधार आएको हो । बजार मापन गर्ने सूचक १२.१० अंकले बढेर परिसूचक १९१८.१० बिन्दुमा रोकिएको छ ।

२५८ कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता सेयर १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ । कारोबारमा बैंकिङ समूहको ३.४६, होटल १३.७६, जलविद्युत ५.३६, जीवन बीमा ३४.९३, उत्पादन तथा प्रशोधन ७६.१८, माइक्रोफाइनान्स ११५.९१, टे«डिङ समूहको उपसूचक १९.४६ अंकले बढेको छ । यस्तै विकास बैंकको उपसूचक १७.०३, वित्त कम्पनीको ४.७४, निर्जीबन बिमा समूहको उपसूचक १०.३७ अंकले घटेको छ ।

कारोबारमा सुुपर माई हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सृजनशिल लघुवित्त वित्तीय संस्था, एशियन हाईड्रोपावर, महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छ्न् ।

कारोबारमा तेह्रथुम पावर कम्पनी, मितेरी डेभलपमेन्ट बैंक, बेष्ट फाइनान्स, बाराही हाईड्रोपावर कम्पनीका सेयरधनीले गुमाएका छन् ।

कारोबार रकमका आधारमा आइएमई जनरल इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ६ करोड १५ लाख १३ हजार २५३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा हिमालयन डिस्ट्रिलरी र शिवम सिमेन्ट रहेका छन् ।


क्लिकमान्डु