राजावादी चाहिँदैनभन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटरब्याज पीडितको नाराबाजी



काठमाडौं । मिटरब्याज पीडितको समर्थनमा माइतीघर पुगेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको छ ।

शाही मंगलबार बिहान माइतीघर पुगेका थिए । मिटरब्याज पीडितको पक्षमा ऐकवद्धता जनाउन पुगेका शाही विरुद्ध राजावादी चाहिँदैन भन्दै नाराबाजी भएको थियो ।

आफूहरुको नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामान्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने भन्दै बिरोध जनाए । पीडितहरुले ‘राजावादी चाहिँदैन, सामन्तवादी चाहिँदैन’ भन्दै नारा लगाएका थिए ।

शाहीले आफू जनप्रतिनिधि भएकाले नागरिकको समस्या बुझ्न आएको बताएका थिए । बर्दिबासबाट पैदलै काठमाडौं आएका पीडितहरू यतिखेर बिरोध प्रदर्शनमा छन् ।


क्लिकमान्डु