कुमारी बैंकद्वारा ५० स्थानमा वित्तीय साक्षरता-ग्लोबल मनी विक सम्पन्न



काठमाडौं । कुमारी बैंकले आफ्ना शाखाहरुको सहभागितामा देशका ५० भन्दा बढी स्थानमा विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ ।

वित्तीय साक्षरता कार्यक्रम देशका विभिन्न पेशाकर्मी, विद्यार्थीहरु, श्रमीक समुह, खेलाडीहरु, सुगम तथा दुर्गम क्षेत्रमा अवस्थित समुदायहरुलाई लक्षित गरि सम्पन्न गरिएको थियो । बैंकको कार्यक्रममा तीन हजार भन्दा बढीको सहभागिता रहेको थियो ।

बैंकले कर्णाली, सुदूरपश्चिम, मधेसका दुर्गम क्षेत्र लगायत देशका सबै भागमा समान रूपमा कार्यक्रम सञ्चालन गरेको थियो ।

बैंकले रुकुम, दैलेख र कर्णाली प्रदेश साथै अन्य क्षेत्रहरुमा वित्तिय सचेतना कार्यक्रम सञ्चालन गरेको छ । छनोट गरिएका क्षेत्रहरूमा युवा, महिला, वृद्ध लगायतका समुहका सहभागीहरु समावेश भएका थिए ।

बैंकले वित्तीय साक्षरताको महत्व युवा विद्यार्र्थीहरुका साथै अन्य वर्ग, समुदायमा पनि समान रहेको आवश्यकता लाई आत्मसात गर्दै विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरि कार्यक्रमहरु सञ्चालनमा ल्याएको थियो ।

श्रमिक समूह, पेशाकर्र्मी, खेलाडी, सामुदायिक सदस्य, कृषक र अवकाश प्राप्त व्यक्तिहरु सम्म पुगेर बैंकले आर्थिक रुपमा सचेत समाज निर्माण गर्ने दिशामा पाइला चाल्दै आएको छ ।


क्लिकमान्डु