सेयर बजारमा अधिकांश समूहको उपसूचकमा हरियाली, लघुवित्तमा देखिएन उत्साह

112
Shares

काठमाडौं । सेयर बजारमा हरियाली आएको छ । बजारमा आएको सुधारले अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ । बजार मापन गर्ने सूचक १७.७० अंकले बढेर परिसूचक १९०६ बिन्दुमा रोकिएको छ ।

कारोबारमा २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता सेयर १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ३.१४, विकास बैंक ७६.८७, वित्त कम्पनी ३२.६३, होटल ४७.५०, जलविद्युत ४३.५२, जीवन बीमा १९४.४५, उत्पादन तथा प्रशोधन ९९.९८, निर्जीबन बीमा १२६.४३, अन्य १४.२४, ट्रेडिङ समूहको उपसूचक २५.९९ अंकले बढेको छ भने माइक्रोफाइनान्स समूहको उपसूचक १७.०८ अंकले घटेको छ ।

कारोबारमा सुपरमाई हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एशियन हाईड्रोपावर, कालिन्चोक दर्शन, अजोड इन्स्योरेन्स, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले कमाएका छन् ।

कारोबारमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायिक, माहुली लघुवित्त, उपकार लघुवित्त वित्तीय संस्थाका सेयरधनीले गुमाएका छन् ।

Skip This