सिटी होटलले चैत २१ देखि आईपीओ निष्कासन गर्ने
काठमाडौं । सिटी होटलले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले रोजगारीका लागि विदेशमा गएका नेपाली र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
होटलले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई चैत २१ गतेदेखि र सर्वसाधारणलाई वैशाख २५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ६७ हजार ४०० कित्ता, ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । यस्तै बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले वैशाख ५ गतेसम्म आवेदन दिन पाउनेछन् । यस्तै सर्वसाधारणले भने वैशाख २५ देखि २८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले १० देखि १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । सर्वसाधारणले भने १० देखि २ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत सेयर मार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।