राष्ट्र बैंक कर्मचारी संघ थापाथली समितिको अध्यक्षमा बि एन सापकोटा चयन



काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ थापाथली समितिको नवौं अधिवेशन सम्पन्न भएको छ ।

सम्पन्न अधिवेशनले ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको अध्यक्षमा वेदनिधि सापकोटा (बि.एन.) चयन भएका छन् ।

यस्तै उपाध्यक्षमा लुमणी खनाल, सचिव गणेशमान शाक्य, सह–सचिवमा गोमा धिताल र कोषाध्यक्षमा सुमन राई चयन भएका छन् ।

यस्तै सदस्यहरुमा शिवशंकर प्रसाद शाह, उर्मिला खनाल ढकाल, सरोज कन्दङवा, रामसेवक मण्डल, सोराज डङ्गोल र सारुख तिम्सिना रहेका छन् ।

उक्त दिनमा केन्द्रीय महाधिवेसनका लागि १२ जना महाधिवेशन प्रतिनिधिहरु समेत सर्वसम्मत चयन भएका छन् ।


क्लिकमान्डु