मकर जितुमाया सुरी हाईड्रोले आईपीओ निष्कासन गर्ने, कतिसम्म दिने आवेदन ?



काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरेपछि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले चैत १९ गतेदेखि २२ करोड ८० लाख रुपैयाँको २२ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा ८० हजार कित्ता सामूहीक लगानी कोष र ३२ लाख २८ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।

१३ लाख ३७ हजार ३०२ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । आईपीओमा २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सकिने छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आवेदन सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल मार्केट रहेको छ ।


क्लिकमान्डु