राष्ट्र बैंकले घटाइदियो महुली लघुवित्तको लाभांश



काठमाडौं । नेपाल राष्ट्र बैंकले महुली लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन गरिदिएको छ ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशतले हुन आउने बोनस सेयर र ५ प्रतिशतले हुन आउने नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश दिने निर्णय गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएको थियो ।

राष्ट्र बैंकले उक्त लाभांश दर परिमार्जन गरी अधिकतम १५ प्रतिशतले हुने कुल लाभांश वितरण गर्न स्वीकृति दिएको हो । राष्ट्र बैंकबाट स्वीकृत उक्त लाभांश लघुवित्तको साधारण सभाले स्वीकृत गरेपश्चात सेयरधनीमा वितरण हुनेछ ।


क्लिकमान्डु