छुट्ला है सगरमाथा जलविद्युतको आईपीओमा आवेदन दिन



काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । आईपीओमा आज कार्यालय समय भित्र आईपीओमा आवेदन दिइसक्नुपर्ने छ ।

कम्पनीले ४३ करोड ६८ लाख रुपैयाँको ४३ लाख ६८ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्कासन गरेको छ । जसबाट ४ लाख ३६ हजार ८०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ भने २ लाख १८ हजार ४०० कित्ता सेयर सामूहिक लगानी कोष, १ लाख ३१ हजार ४० कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याएको छ ।

कम्पनीले चैत ८ गतेदेखि ३५ लाख ८१ हजार ७६० कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको छ । जसमा आवेदनकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।


क्लिकमान्डु