सेयर बजारमा दोहोरो अंकको गिरावटः कसले कमाए, कसले गुमाए ?



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १५.७६ अंकले घटेर परिसूचक १९३३.२९ बिन्दुमा रोकिएको छ । २६६ कम्पनीको ३७ लाख ७७ हजार ४०० कित्ता सेयर १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेका छन् । कारोबारमा बैंकिङ समूहको उपसूचक ७.८६, विकास बैंक ४५.८६, वित्त कम्पनी २३.६३, होटल ३५.९०, होटल ३५.९०, जलविद्युत २६.८३, जीवन बीमा १२८.४६, उत्पादन तथा प्रशोधन ८२.९४, माइक्रोफाइनान्स ११.७४, निर्जीबन बीमा ९४.२१, अन्य समूहको उपसूचक १४.१० अंकले घटेको छ ।

कारोबारमा दोहोरो अंकको गिरावट आउँदा पनि माया खोला हाईड्रोपावर कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट तहमा बढेको छ ।

यस्तै सपोर्ट माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त वित्तीय संस्था, इस्टर्न हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
यस्तै बोटलर्स नेपाल (तराई), धौलागिरी लघुवित्त वित्तीय संस्था, मानुषी लघुवित्त वित्तीय संस्था, न्यादी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ९ करोड १९ लाख ९८ हजार २४ रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा एनाईसी एशिया बैंक र हिमालयन डिस्ट्रिलरी कम्पनी रहेका छन् ।


क्लिकमान्डु