भूगोल इनर्जि डेभलपमेन्टको आईपीओ आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीको साधारण सेयर (आईपीओ)मा आवेदन दिने अन्तिम दिन हो ।
आवेदनकर्ताले आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाउनेछन् ।

कम्पनीले फागुन ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि सेयर निष्कासन गरेको थियो । यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पनि आईपीओ निष्कासन गरिसकेको छ ।

कम्पनीले स्थानीयलाई ५ लाख ४४ हजार ५३ कित्ता सेयर निष्कासन गरेको छ । जसमा आयोजना अति प्रभावित दैलेख जिल्लाको नौमुले द्वारी–३ का स्थानीयलाई २ लाख ७२ हजार २६ कित्ता र जिल्लाका अन्य स्थानीयलाई २ लाख ७२ हजार २७ कित्ता सेयर निष्कासन गरेको छ । स्थानीयले न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा एनआईसी एशिया, ग्लोबल आइएमई र प्रभु बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।


क्लिकमान्डु