सेयर बजारमा हरियाली




काठमाडौं । सेयर बजारमा सुधार देखिएको छ । बजार मापन गर्ने सूचक २२.६५ अंकले बढेर परिसूचक १९४९.०६ बिन्दुमा रोकिएको छ ।

कारोबारको सुरुदेखि नै बढोत्तरी देखिएको बजार अन्तिम समयसम्म कायमै रह्यो । लामो समयपछि बजारमा दोहोरो अंकको सुधार देखिएको हो । २५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ कित्ता सेयर १ अर्ब २९ करोड ८५ लाख ८३ हजार ९८८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचक हरियाली बनेका छन् । यो दिन बैंकिङ समूहको ५.५६, विकास बैंक ६२.९४, वित्त कम्पनी २६.६३, होटल ६१.५१, जलविद्युत ५६.५९, जीवन बीमा ९४.३१, उत्पादन तथा प्रशोधन ३६.०६, माइक्रोफाइनान्स १५, निर्जीबन बीमा ८३.५०, अन्य समूहको २८.८३, ट्रेडिङ समूहको उपसूचक ९८.८७ अंकले बढेको छ ।

कारोबारमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै न्यादी हाईड्रोपावर, नयाँ सारथी लघुवित्त वित्तीय संस्था, मानुषी लघुवित्त वित्तीय संस्था, बिन्धाबासिनी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस्तै सपोर्ट माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त वित्तीय संस्था, वन नेपाल लघुवित्त वित्तीय संस्थाका सेयरधनीले गुमाएका छन् ।

कारोबार रकमका आधारमा आइएमई जनरल इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । यो दिन कम्पनीको ७ करोड ६३ लाख ९२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा एनआईसी एशिया बैंक र सिटिजन्स बैंकका संस्थापक सेयर रहेको छ ।


क्लिकमान्डु