मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त मर्जरमा जाने



काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त बित्तीय संस्था मर्जरमा जानका लागि सम्झौता भएको छ ।

बिहीबार समझदारी पत्रमा मानुषी लघुवित्तका अध्यक्ष पद्माशना शाक्य र श्रृजनशील लघुवित्तका अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त र सिरहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त १ः१ अनुपातमा मर्जरमा जान लागेका हुन् ।

मर्जरपछि मानुषी श्रृजनशील लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुने बताइएको छ ।


क्लिकमान्डु