ग्लोबल आइएमई बैंक र मेट्रो मार्टबीच सहकार्य



काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले मेट्रो मार्टका काठमाडौंभित्रका स्टोरबाट स्मार्ट क्युआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ ।

एक पटकको खरिदका लागि १ सय रुपैयाँसम्म र योजना अवधिभर ३ सय रुपैयाँसम्म डिस्काउन्ट पाइनेछ । यो योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टका जोरपाटी, सानेपा र पेप्सीकोलाका स्टोरमा लागू हुने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । लगभग सबै वित्तीय सूचकांकमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटीएम, ३२१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गरिरहेको छ ।

बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।


क्लिकमान्डु