कान्तिपुर टेलिभिजन नेटवर्कले प्रिमियम मूल्यमा आईपीओ ल्याउने
काठमाडौ । कान्तिपुर टेलिभिजन नेटवर्क प्रालिले प्रिमियम मूल्यमा साधारण सेयर आईपीओ जारी गर्ने भएको छ । बुधबार बसेको सन्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीको बुधबार बसेको संञ्चालक समितिको बैठकले चैत १७ गते दिउँसो १ बजेका लागि विशेष साधारण सभा बोलाएको छ । सभामा आईपीओ निष्काशन सम्बन्धी प्रस्ताव पेश गरेर पारित गर्ने तयारी रहेको छ ।
सभाले आइपीओ निष्काशन गर्ने प्रस्तावलाई स्वकृति प्रदान गर्नुका साथै आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट शेयरधनीहरुलाई बोनस जारी गर्न पनि स्वकृति प्रदान गर्ने छ । कम्पनीले सानिमा क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।