विद्युतीय सवारी साधन प्रयोग गर्न कुलमानको आग्रह



नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका छन् । काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा घिसिङले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत खपत पनि बढाउने कार्ययोजना रहेकाले सोही अनुरुप विद्युतीय सवारी साधन भित्रिएको पनि बताए ।

पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनभन्दा विद्युतबाट चल्ने सवारी साधन कयौँ गुणा सस्तो पर्ने उनले बताए । विद्युतीय सवारी साधनको प्रयोगले प्रदूषण पनि घट्ने भएकाले फाइदै-फाइदा रहेको उनको भनाइ छ । वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले पनि विद्युतीय सवारी साधन नै उपयुक्त हुने घिसिङको तर्क छ ।

अहिले बर्खायाममा पर्याप्त विद्युत रहेको र आगामी दुई वर्षभित्रमा हिउँदे याममा पनि विद्युत पुग्ने स्थिति आउने उनले जानकारी गराए ।


क्लिकमान्डु