विकास बैंकहरुले घटाए निक्षेपको ब्याजदर
काठमाडौं । विकास बैंकहरुले पनि ब्याजदर घटाएका छन् । डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सोमबार बसेको बैठकले बैठकले चैत १ गतेदेखि लागू हुने गरी मुद्दति र बचत दुबै प्रकारका निक्षेप खातामा को ब्याजदर घटाउने निर्णय गरेको हो।
एशोसिएसनका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले व्यक्तिगत मुद्दति निक्षेपको हालको ब्याजदर ब्याजदर ११.७५ प्रतिशतबाट घटाएर ११.६० प्रतिशत कायम गरिएको क्लिकमाण्डुलाई बताए। यो एक वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा लागु हुन्छ।
अध्यक्ष पोखरेलका अनुसार एक वर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशत कायम हुने छ । फागुनमा यस्तो निक्षेपको ब्याजदर पनि ११.७५ प्रतिशत नै थियो ।
त्यसैगरी, संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.५० र रेमिट्यान्समा १२.५० प्रतिशत ब्याजदर कायम गरेका छन्। फागुनमा संस्थागतर्फ ९.७५ र रेमिट्यान्समा १२.७५ प्रतिशत ब्याजदर कायम यिो।
त्यस्तै, बचतको ब्याजदर ०.१५ प्रतिशतले घटाइएको पोखरेलले जानकारी दिए । फागुनमा बचतको न्यूनतम ब्याजदर ६.७५ प्रतिशत रहेकोमा चैतका लागि यस्तो ब्याजदर न्यूनतम ६.६० प्रतिशत कायम गर्ने निर्णय गरिएको उनले बताए ।