तुम्लिङटारदेखि धरान सबस्टेसनसम्म प्रसारण लाइन बन्दै



काठमाडौं । कोसी कोरिडोर प्रसारण लाइन आयोजना अन्तर्गतको तुम्लिङटारदेखि इनरुवा खण्डबाट धरान सबस्टेसनसम्म सय मेगावाटको प्रसारण लाइन निर्माण हुने भएको छ ।

विद्युत विकास विभागले एक सूचना जारी गर्दै उक्त प्रसारण लाइन निर्माण हुन लागेको जानकारी दिएको हो ।

धरान उपमहानगरपालिका–१७ मा पर्ने कोसी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रहेको तुम्लिङटार–इनरुवा खण्डबाट सुरु भएर धरान उपमहानगरपालिकाकै प्रस्तावित २२०/३३/११ केभीको धरान सबस्टेसनसम्म यो प्रसारण लाइन निर्माण हुनेछ ।

प्रसारण लाइनको भोल्टेज २२० किलोभोल्ट हुनेछ भने डबल सर्किट रहने यो प्रसारण लाइनबाट सय मेगावाट क्षमतासम्मको विद्युत प्रसारण गर्न मिल्नेछ ।

६० मिटर लम्बाई रहने यो प्रसारण लाइनमा २ मल्टिसर्किट डेड इन्ड पावर तथा क्वाड मुस कन्डक्टरको प्रयोग गरिने छ ।


क्लिकमान्डु