१५ अर्ब १३ करोडको हकप्रद सेयर आउँदै, अधिकांश हाइड्रोपावर



काठमाडौं । विभिन्न ६ वटा कम्पनीले १५ अर्ब १३ करोड ३१ लाख ११ हजार ५७१ रुपैयाँको १५ करोड १३ लाख ३१ हजार ११५ कित्ता हकप्रद सेयर निष्कासन गर्नभन्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

हकप्रद सेयर निष्कासनका लागि आवेदन दिएका कम्पनीमा ५ वटा जलविद्युत र नारायणी डेभलपमेन्ट बैंकसहित ६ वटा कम्पनी रहेका छन् ।

हकप्रद सेयर निष्कासनका लागि सिनर्जी पावर डेभलपमेन्ट, अप्पर तामाकोशी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, नेशनल हाइड्रोपावर र अरुण काबेली पावर रहेका छन् ।

नारायणी डेभलपमेन्ट बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँको २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेका बैंकको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

यस्तै, अपर तामाकोशी हाइड्रोपावर कम्पनी शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न माग गर्दै धितोपत्र बोर्ड पुगेको छ ।
कम्पनीले १०० प्रतिशत अर्थात १/१ अनुपातमा १० अर्ब ५९ करोड रुपैयाँको १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो । यसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

सिनर्जी पावर डेमलपमेन्ट कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले २:१ अनुपातमा ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँको ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १:०.७५ अनुपातमा १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासनका लागि आवेदन माग गर्दै बोर्डमा पुगेको हो । कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट बिक्री प्रबन्धक रहेको छ ।

यस्तै नेसनल हाइड्रोपावर कम्पनी पनि हकप्रद सेयर निष्कासनका लागि बोर्डमा पुगेको छ ।

कम्पनीले १०:५ अनुपातमा ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँको ८२ लाख २१ हजार ४५९ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डमा पुगेको छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

अरुण काबेली पावर कम्पनीले पनि शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न माग गर्दै बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले १:१ अनुपातमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डमा पुगेको हो । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।


क्लिकमान्डु