चौथो त्रैमासमा भारतको आर्थिक वृद्धिदर ४.४ प्रतिशतमा झर्‍यो



भारतको आर्थिक वृद्धिदर सन् २०२२ को चौथो त्रैमासिकमा ४.४ प्रतिशतमा झरेको छ । तथ्यांक र कार्यक्रम कार्यान्वयन मन्त्रालयको संघीय राष्ट्रिय तथ्यांक कार्यालय (एनएसओ) ले जारी गरेको तथ्यांकले अक्टुबरदेखि डिसेम्बरसम्ममा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४.४ प्रतिशतमा झरेको देखाएको छ ।

जबकि, जुलाईदेखि सेप्टेम्बरमा ६.३ प्रतिशत वृद्धिदर थियो । सरकारले जारी गरेको दोस्रो अग्रिम प्रक्षेपणअनुसार भारतको जीडीपी आर्थिक वर्ष २०२२–२३ का लागि ७ प्रतिशत रहने अनुमान छ ।


क्लिकमान्डु