टर्कीमा फेरि भूकम्प, १ जनाको मृत्यु, ६९ जना घाइते



एजेन्सी । टर्कीमा फेरि भूकम्प गएको छ । आज आएको ५.६ म्याग्निच्युडको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् ।

तीन हप्ताअघि आएको विनाशकारी भूकम्पमा परी ४४ हजारभन्दा बढी मानिसको ज्यान गएको टर्की शोकबाट नबौरिँदै फेरि अर्को धक्का व्यहोरेको हो । भूकम्पको केन्द्रविन्दु मलात्या प्रान्तको येसिल्युर्ट जिल्लामा थियो, जहाँ यसअघि फेब्रुअरी ६ मा शक्तिशाली भूकम्प गएको थियो ।

यसअघिको भूकम्पबाट क्षतिग्रस्त भएका २५ वटा भवन सोमबारको भूकम्पले ध्वस्त भएको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरण (एएफएडी) ले जनाएको छ । फेब्रुअरी २० मा दक्षिणी टर्किको हाते प्रान्तमा गएको अर्को दुईवटा भूकम्पमा ६ जनाको ज्यान गएको थियो ।


क्लिकमान्डु