यी हुन् पर्यटनमन्त्री किराँतीले अब गर्ने १० काम, ग्राउन्डेड जहाजको छानबिन गर्न समिति गठन गर्ने



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले अब गर्ने १० कामको सूची सार्वजनिक गरेका छन् ।पदभार ग्रहण गरेको ४२ दिनमा सुधार गरेको ५ काम सार्वजनिक गर्दै अब गर्ने १० कामको सूची उनले सार्वजनिक गरेका हुन् ।

मन्त्री किराँतीले पशुपति विश्वविद्यालय स्थापना, पशुपति सरसफाइ ३ महिने अभियान र उडड्यन तथा प्राधिकरण क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारसम्बन्धी उजुरी लिने स्थायी युनिट निर्माण गर्ने तयारी रहेको बताए । त्यस्तै सरसफाइ संस्थागत गर्न निर्देशिका तयार गरिने, सम्पदा क्षेत्रमा (हप एन्ड हप अप) यातायत सञ्चालन गर्ने, ग्राउन्डेड जहाजबारे छानबिन गर्न समिति गठन गर्ने तयारी रहेको पनि जानकारी गराए ।

हवाई नागरिक उड्डयन विधेयक प्रक्रिया अघि बढाउने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कूटनीतिक पहल थाल्ने, भरतपुर विमानस्थल विस्तार गर्ने र नमस्ते पर्यटक सेवा विस्तार गर्ने मन्त्री किराँतीको योजना छ ।

उनले यसअघि ५ काम सम्पन्न भएको जानकारी गराए । जसमा अनलाइन टिकेटिङ, सरसफाइ र व्यवस्थापकीय सुधार, हवाई सुरक्षासम्बन्धी, लुम्बिनी गुरुयोजना अध्ययन प्रतिवेदन साथै विमानस्थल तथा अन्य विभागीय क्षेत्रमा इन्टरनेटको चुस्त व्यवस्थापन छन् ।


क्लिकमान्डु