रूसले पाइपलाइन तेल आपूर्ति रोकेको पोल्यान्डको आरोप



एजेन्सी । रुसले पाइपलाइन तेल आपूर्ति बन्द गरेको पोल्यान्डले आरोप लगाएको छ । पोल्यान्डको ऊर्जा समूह ‘पीकेएन अर्लेन’ले सम्झौताअनुसार ओर्लेनको आवश्यकताको १० प्रतिशत हिस्सा ओगटेको ड्रुज्बा पाइपलाइनमार्फत रुसले तेल पठाउन बन्द गरेको बताएको हो ।

‘पोल्यान्डतर्फको ड्रुज्बा पाइपलाइनबाट हुने आपूर्ति रूसले रोकेको छ,’ पोल्यान्डको कम्पनीमार्फत एएफपीले प्राप्त गरेको विज्ञप्तिमा भनिएको छ । तर, यो कदमले पोल्यान्ड आपूर्ति प्रभावित नुहने भन्दै अर्लेनले अब सबै पेट्रोलियम पदार्थको आपूर्ति सामुद्री मार्गबाट हुने जनाएको छ ।

हालसम्म अर्लेनले आफ्नो इन्धन आवश्यकताको करिब १० प्रतिशत रूसी पाइपलाइनमार्फत र बाँकी सामुद्रिक मार्गबाट अन्य देशबाट आयात गर्दै आएको थियो । युक्रेन-रूस युद्धलाई लिएर युरोपेली संघ (ईयू) ले नयाँ चरणको प्रतिबन्ध लगाउने सहमति गरेको एक दिनपछि यो कदम चालिएको हो ।


क्लिकमान्डु