एमालेको उम्मेदवार नै राष्ट्रपति हुन्छ: ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति नेकपा एमालेको उम्मेदवार नै हुने दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले राष्ट्रपति एमालेको हुने कुरा पुस १० गते नै भनिसकेको बताए । ‘राष्ट्रपति एमालेको हुन्छ भन्ने कुरा त हामीले पुस १० गतै नै भनेका हौँ । अरु घटनाक्रम हामीलाई थाहा छैन,’ उनले भने ।


क्लिकमान्डु