बालुवाटारमा चार दलको बैठक: राष्ट्रपतिबारे पाँच बजेपछि निर्णय



काठमाडौं । राष्ट्रपतिबारे चार दलको बैठक साँझ फेरि बस्ने भएको छ ।

शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच छलफल भएको थियो ।

बैठक सकारात्मक भएको र एउटै निर्णयमा पुग्ने कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।

आ-आफ्नो दलमा छलफल गरेर फेरि ५ बजे बैठक बस्ने सहमति भएको भन्दै उनले भने ‘हामी एउटै निर्णय गर्छौं, एकैठाउँमा उभिन्छौं ।’


क्लिकमान्डु