नेपालको आर्थिक वृद्धि ५% हुने आइएमएफको अनुमान, महँगी नियन्त्रण नभए ब्याजदर बढाउन सुझाव



नयाँ दिल्ली । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धि ५ प्रतिशत हुने अनुमान गरेको छ । सन् २०२२ मा नेपालको आर्थिक वृद्धि ४.२ प्रतिशतले जानकारी सार्वजनिक गरेको कोषले सन् २०२४ मा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले बढ्ने अनुमान गरेको हो ।

महँगी निर्धारित सीमाभित्र नआए केन्द्रीय बैंकले थप ब्याजदर बढाउनु गरी कदम चाल्नु पर्ने कोषको सुझाव छ ।

कोषका एशिया प्रशान्त विभाग प्रमुख कृष्णा श्रीनीवानले एशियाली देशको अर्थतन्त्र अपेक्षा गरे भन्दा तीब्र गतिमा सुधार भइरहेको बताए ।

खाद्य पदार्थ र इन्धनको मूल्यका आएको गिरावटका साथै चीनको अर्थतन्त्रमा आएको उछालले समग्र एशियाली देशको अर्थतन्त्र सुधार भएको आइएमएफले जनाएको छ ।

जसले गर्दा सन् २०२३ मा एशियाली देशको अर्थतन्त्र ४.७ प्रतिशतले वृद्धि हुने कोषको अनुमान छ । सन् २०२२ मा एशियलाी देशको अर्थतन्त्र ३.८ प्रतिशतले वृद्धि भएको थियो ।

एसियाली देशमध्ये सन् २०२३ मा विकशित राष्ट्रको आर्थिक वृद्धि १.९ प्रतिशत हुँदा उदयमान र विकाशोन्मूख राष्ट्रको आर्थिक वृद्धि ५.३ हुने कोषको अनुमान छ ।

दक्षिण एशियाली देशमध्ये भारतको आर्थिक वृद्धि सबैभन्दा धेरै ६.१ प्रतिशत हुँदा श्रीलंकाको अर्थतन्त्र ३ प्रतिशतले संकुचित हुने कोषका अनुमान छ । सन् २०२४ मा श्रीलंकाको अर्थतन्त्र १.५ प्रतिशतले बढ्ने कोषले जनाएको छ ।

दक्षिण एशियाली देशमा दोस्रो राम्रो आर्थिक वृद्धि बंगलादेशको छ । २०२३ मा बंगलादेशको अर्थतन्त्र ६ प्रतिशत बढ्ने कोषको अनुसान छ । एशियाली देशमा कम्बोडियाको अर्थतन्त्र सबै भन्दा धेरै ६.२ प्रतिशतले बढ्ने छ ।

यो वर्ष विश्वको आर्थिक वृद्धिमा चीन र भारतको योगदान आधा रहने र बाकीं एशियाली देशले पनि एक चौथाई योगदान गर्ने कोषले जनाएको छ ।

कम्बोडिया, इडोनेसिया, मलेसिया, फिलिपिन्स, थाइल्याण्ड र भियतनामको आर्थिक वृद्धि कोरोना महामारीभन्दा पहिलाको अवस्थाको पुग्ने कोषले प्रक्षेपण गरेको छ ।

दुई वर्षदेखि लिइरहेको शुन्य कोभिड नीति फिर्ता लिएपछि चीनको आर्थिक गतिविधिका आएको उछालले समग्र एशियाली देशको अर्थतन्त्रमा सुधार आएको कोषले जनाएको छ ।

चीनको आर्थिक वृद्धि १ प्रतिशतले बढ्दा समग्र एशियाली देशको अर्थतन्त्र करिब ०.३ प्रतिशतले बढ्ने आइएमएफले जनाएको छ ।

गत वर्ष केन्द्रीय बैंकले निर्धारण गरेको लक्ष्यभन्दा माथि रहेको एशियाली देशको महँगी यो वर्ष पनि सीमाभित्र नरहने कोषले अनुमान गरेको छ ।

सन् २०२३ को दोस्रो त्रैमाशिकमा महँगी उच्च बिन्दुमा पुग्ने र त्यसपछि क्रमश घट्नै गएर सन् २०२४ सम्ममा केन्द्रीय बैंकको सीमाभित्र रहने कोषको अनुमान छ ।

पछिल्लो समम अमेरिकी डलरमा कमजोर हुनुको साथै एशियाली देशका केन्द्रीय बैंकले ब्याजदरमा गरेको वृद्धीले महँगी नियन्त्रण गर्न सहयोग गर्ने कोषको अपेक्षा छ ।


शरद ओझा