क्लिकमान्डुको सम्पादकमा आचार्य



काठमाडौं । चाणक्य मिडिया प्रालिद्वारा सञ्चालित क्लिकमान्डु डट कमको सम्पादकमा डुन्डुराज (डीआर) आचार्य नियुक्त भएका छन् । आचार्यलाई बिहीबारदेखि लागू हुनेगरी सम्पादकमा नियुक्त गरिएको हो ।

चाणक्य मिडिया प्रालिका अध्यक्ष पुष्प दुलालले आचार्यलाई स्वागत गर्दै क्लिकमान्डु अझ बढी निष्पक्ष, विश्वसनीय र विश्लेषणात्मक हुने विश्वास व्यक्त गरे ।

आचार्य डेढ दशकभन्दा लामो समयदेखि पत्रकारितामा आवद्ध छन् । राजाधानी दैनिकबाट पत्रकारिता यात्रा शुरु गरेका उनी यसअघि ग्यालेक्सी फो के टेलिभिजनमा आवद्ध थिए । त्यसबाहेक उनी विभिन्न समयमा कारोबार दैनिक, कान्तिपुर टेलिभिजन, माउन्टेन टेलिभिजनलगायतमा कार्यरत थिए ।

‘आर्थिक पत्रकारितालाई थप उचाईंमा पुर्याउने प्रतिबद्धतासहित क्लिकमान्डुमा आवद्ध हुँदा उत्साहित छु,’ आचार्यले भने ।


क्लिकमान्डु