८ तलाको व्यवसायिक भवन निर्माण गर्दै नेपाल पुनर्बीमा कम्पनी



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आफ्नै भवन निमार्ण गर्ने भएको छ । कम्पनीले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ शान्तिनगर बानेश्वर, काठमाडौंमा व्यवसायिक भवन निमार्ण गर्ने भएको हो ।

शान्तिनगर बानेश्वरस्थित २३६२.८५ वर्गमिटर (४ रोपनी १० आना १ पैसा १ दाम) जग्गामा व्यवसायिक भवन निर्माण प्रस्ताव गरिएको कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार सो भवन भुँइ तलासमेत गरी ८ तल्लाको ३० मिटर अग्लो हुने छ ।

यस्तै, कम्पनीकाअनुसार भवनमा २ तलाको बेसमेन्ट समेत रहने छ । भवनको फ्लोर टु फ्लोर हाइट ३.७५ मिटर रहने कम्पनीको भनाइ छ ।

वातारवरण संरक्षण ऐन, २०७८, तथा वातावरण संरक्षण नियमावली, २०७७, को दफा ५ को उपदफा ३ बमोजिम आयोजना क्षेत्रको स्थानीय तथा प्रस्तावसँग सरोकार राख्ने सरोकारवारलाहरुसँग अन्तरक्रिया गर्न सार्वजनिक सुनुवाई गर्नुपर्ने प्रावधान छ ।

जसअनुसार कम्पनीले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजनामा उपस्थित हुन समेत आग्रह गरेको छ । कार्यक्रममा उपस्थित भई रायसुझाव समेत दिन कम्पनीले आग्रह गरेको छ ।

फागुन ६ गते बिहानको ११ बजे काठमाडौं महानगरपालिका वडा नं) ३१, श्री सिद्धेश्वर माविमा सार्वजनिक सुनुवाई कार्यक्रम हुनेछ ।

हाल नेपाल पुनर्बीमा कम्पनी एसएलएस भवनको तेस्रो तला, थापाथली, काठमाडौंबाट सेवा दिँदै आएको छ ।


क्लिकमान्डु