बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले जीवन बीमा व्यवसायको विवरण संकलन गर्ने



काठमाडौं । बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले जीवन बीमा व्यवसाय गर्ने बीमहरुसँग बीमा व्यवसाय सम्बन्धी विवरण संकलन गर्ने भएको छ ।

प्राधिकरणका प्रदेश प्रमुख पूर्ण बहादुर थापाले सबै कम्पनीको विवरण संकलन गर्ने विषयमा निर्णय भएको बताए । उनका अनुसार जीवन बीमा व्यवसाय गर्ने बीमकका प्रतिनिधिहरुसँग छलफल गरेको यो निर्णय भएको हो ।

प्रदेश कार्यालयमा जीवन बीमा गर्ने बीमकहरुसँग बीमा व्यवसायको विकास विस्तार र प्रबर्धनको लागि राय सुझाव संकलन गर्ने निर्णय पनि भएको छ ।

थापाका अनुसार लुम्बिनी प्रदेशमा जीवन बीमा व्यवसाय गर्ने बीमकका कर्मचारी तथा अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्न तालिम तथा अन्तकृया गर्ने निर्णय भएको छ ।

यस्तै प्राधिकरण प्रदेश कार्यालयले बीमा कम्पनीको अवलोकन पनि गरेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सको चन्द्रौटा शाखाको अवलोकन गरेको र अवलोकनका क्रममा कर्मचारीको संरचना, प्राधिकरणको निर्देशनमा रहेर काम गरे वा नगरेको, केवाईसी अपडेट, उधारो पोलिसी बिक्री गरे वा नगरेको पनि हेरिएको प्रमुख थापाले बताए ।


क्लिकमान्डु