विद्युत प्राधिकरणको आईपीओ ल्याउन कुलमानसँग दुई चरणमा कुरा भइसक्यो: हमाल



काठमाडौ । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङसँग प्राधिकरणको आईपीओ जारी गर्ने विषयमा दुई चरणमा छलफल भएको बताएका छन् ।

नेपाली पुँजीबजारमा यो निकै महत्त्वपूर्ण विषय भएको उनको भनाइ थियो ।

‘विद्युत प्राधिकरणको आईपीओ निष्काशन गर्न कुलमानजी पनि सकारात्मक हुनुहुन्छ’हमालले भने,’यस विषयमा हाम्रो दुई पटक कुरा भइसकेको छ । प्राधिकरणजस्तो ठूलो कम्पनी पुँजी बजारमा सूचीकृत हुनु आफैंमा निकै महत्वपूर्ण विषय हो ।’

उनले बजारमा बिश्वास नभएसम्म ठूला कम्पनीले आईपीओ निष्काशन नगर्ने बताए । ‘चालु आर्थिक वर्षको बजेटमा ५ अर्ब रुपैयाँभन्दा बढी पुँजी भएका कम्पनीलाई सूचीकृत गर्ने विषय समेटिएको छ,’हमालले भने,’ हामीले उद्यमीलाई लाभ हुने गरि वातावरण बनाउन सकेका छैनौं जसले गर्दा पुँजी बजारमा ठूला कम्पनी आकर्षित नभएका हुन् ।’

अनसन बसेका लगानिकर्तासँग गरेका १९ बुँदे सम्झौताका बिषयमा कतिपय बुँदा बोर्डको कार्यक्षेत्रमा नपर्ने उनले बताए ।


क्लिकमान्डु