रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २४.३ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा गत वर्ष विप्रेषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।

त्यस्तै, ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भई २ लाख ७५ हजार ६४३ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५४८ पुगेको छ ।

त्यसैगरी, खुद ट्रान्सफर २२.७ प्रतिशतले वृद्धि भई ६ खर्ब ४४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले घटेको थियो ।


क्लिकमान्डु