पानी जहाज लगायत विद्येयक तत्काल अघि बढाउनु पर्छः सांसद भट्टचन



काठमाडौं । सांसद देविप्रसाद भट्टचनले रोकिएर रहेका पानी जहाज, नागरिकता, हवाई दुर्घटना लगायतका विद्येयक संसदमा तत्काल अघि बढाउन माग गरेका छन् ।

संसदको शून्य समयमा उनले उक्त विद्येयक तत्काल अघि बढाउन माग गरेका हुन् ।

‘हवाई दुर्घटना, नागरिकता, पानी जहाज सम्बन्धी अलपत्र रहेका विद्येयक यथाशिघ्र अघि बढाउनु पर्छ’ उनले भने ।

उनले नेपालको संविधान अनुसार संघिय परिषदको मिश्रीत निर्वाचन प्रणालीले देशमा संवैधानिक संकट आउने सक्ने आशंका व्यक्त गरेका छन् ।

२०७४ सालको निर्वाचनमा सबैभन्दा ठूलो दल नेकपा एमालेलाई, २०७९ मा नेपाली काँग्रेसले पाएको मत, निर्वाचनमा ३३ प्रतिशत मत पुर्याउनु पर्ने बाध्ययताले संवैधानिक संकट आउने सक्ने बताए ।


क्लिकमान्डु