लालीगुँरास बहुउद्देश्यीय सहकारीको कर्जा जोखिममा, भैरवकुण्ड हाईड्रोपावरले नतिरेपछि निकाल्यो सूचना



काठमाडौं । श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाले भैरवकुण्ड हाईड्रोपावरलाई दिएको कर्जा जोखिममा परेको छ ।

हाईड्रोपावरले समयमा नै कर्जा नतिरेपछि कर्जा चुक्ता गर्न आउन भन्दै २१ दिने सूचना नै जारी गरेको छ ।

ललितपुर महानगरपालिका–१३ कुसुन्तीमा रहेको भैरवकुण्ड हाइड्रोपावरले सहकारीबाट विभिन्न मितिमा लिएको कर्जा चुक्ता नगरेको भन्दै कर्जा तिर्न आउन २१ दिने सूचना जारी गरेको छ ।

सहकारीका अनुसार सानिमा बैंक र अन्य सहभागी बैंक तथा वित्तीय संस्थाहरू बैंक अफ काठमाण्डू, एनएमबि बैंक, एनआईसी एसिया बैंक, मञ्जुश्री फाईनान्स र ग्लोबल आईएमई बैंकबाट लिएको कर्जाको ब्याज रकम भुक्तानी गर्न भनेको छ ।

उक्त कम्पनीको भौतिक संरचना निर्माण गर्न साथै कम्पनीको कार्यालय सञ्चालन गर्ने लगायतका प्रयोजनको लागी कर्जा लिएकोमा उक्त कर्जाको नियमानुसार बुझाउनुपर्ने मासिक ब्याज रकम भुक्तानी गर्न भनेको छ ।

२१ दिन भित्र संस्थामा सम्पर्क राखी लिएको कर्जाको सम्पूर्ण बाँकी रकम (साँवा, ब्याज तथा अन्य दस्तुर ) चुक्ता नगरे संस्थाको ऋण लगानी तथा असुली सम्बन्धी विनियमावली, विनियम तथा सहकारी ऐन नियमावलीले दिएको अधिकार प्रयोग गरी ऋणी तथा जमानीको फोटो सहितको विवरण समेत खुलाई पुनः १५ दिने सूचना प्रकाशित गरी सम्पूर्ण रकम असुल उपर गर्ने जनाएको छ ।


क्लिकमान्डु