माघ र फागुनमा १६ कम्पनीले बोलाए एजीएम, कतिले बनाउँदैछन् सेयरधनीको हातखाली ?
काठमाडौं । विभिन्न १६ बढी कम्पनीले माघ र फागुनमा बार्षिक साधारण सभा बोलाएका छन् ।
साधारण सभा बोलाएका कम्पनीमध्ये केहीले भने सेयरधनीका हात खाली बनाएका छन् । अधिकाश कम्पनीले लगानीकर्तालाई लाभांश दिएका छन् ।
शिखर इन्स्योरेन्सले माघ २५ गते १७ र १८ औैं सभा बोलाएको छ । कम्पनीले आव २०७८/०७९ को नाफाबाट १६ प्रतिशत बोनस र ०.८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभाका लागि कम्पनीले माघ १७ गतेका लागि बुक क्लोज गरेको छ । १६ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।
यस्तै युनियन लाइफ इन्स्योरेन्सले माघ २६ गतेका लागि पाँचौ सभा बोलाएको छ । कम्पनीले आव २०७८/०७९ को नाफाबाट ८.९७ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । यस्तै प्राइम र गुँरास लाइफ इन्स्योरेन्सलाई गाभ्ने गाभिने प्रस्ताव गरेको छ । सभाका लागि कम्पनीले माघ १६ गते बुक क्लोज गरेको छ । १५ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन्।
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले माघ २७ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आव २०७८/०७९ को नाफाबाट ६.५० बोनस र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव रहेको छ । कम्पनीले सभाका लागि माघ २० गते बुक क्लोज गर्ने भएको छ । १९ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।
अरुण भ्याली हाईड्रोपावरले माघ २७ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आव २०७८/०७९ को नाफाबाट ८ बोनस सेयर र कर प्रयोजनका लागि ०.४१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले माघ १८ गते बुक क्लोज गरेको छ । १७ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।
माघ २७ गतेका लागि सभा बोलाएको सिन्धु विकास बैंकले सेयरधनीको हात खाली बनाएको छ । नेरुडे लघुवित्त वित्तीय संस्थाले माघ २८ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आव २०७८/०७९ को नाफाबाट २२ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.१५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले माघ १७ देखि २८ गते सम्म बुक क्लोज गरेको छ । १७ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।
रिडी पावर कम्पनीले माघ २९ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आव २०७८/०७९ को नाफाबाट ४० प्रतिशत बोनस र २.१० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले माघ १८ गते बुक क्लोज गरेको छ । माघ १७ गतेसम्म कायम रहेका सेयरधनीले उक्त लाभांश पाउनेछन् ।
तारागाँउ रिजेन्सी होटल्सले फागुन ३ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आव २०७८/०७९ को नाफाबाट ८.४२ प्रतिशत नगद लाभांश दिने पस्ताव गरेको छ । कम्पनीले सभाका लागि माघ १८ गतेदेखि फागुन ३ गतेसम्म बुक क्लोज गरेको छ । १७ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।
सिनर्जी पावर कम्पनीले फागुन ४ गतेका लागि सभा बोलाएको छ । सभाका लागि भन्दै माघ २५ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।
फागुन ५ गतेका लागि सभा बोलाएको बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।
सगरमाथा इन्स्योरेन्सले फागुन ११ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १२.४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभाका लागि माघ २७ गते बुक क्लोज गर्ने भएको छ । माघ २६ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।
लुम्बिनी जनरल इन्स्योरेन्सले पनि फागुन ११ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आव २०७८/०७९ को नाफाबाट ६.९९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव रहेको छ । यस्तै सगरमाथा र लुम्बिनीले एक आपसमा मर्जरमा जाने प्रस्ताव पनि गरेका छन् । कम्पनीले माघ २७ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । २६ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले फागुन १२ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आव २०७८/०७९ को नाफाबाट १९ प्रतिशत बोनस सेयर कर प्रयोजनका लगि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले सभाका लागि भन्दै फागुन २ देखि १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । फागुन १ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन्।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले फागुन १३ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आव २०७८/०७९ को नाफाबाट २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले सभाका लागि फागुन २ गते बुक क्लोज गर्ने भएको छ । फागुन १ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।
यस्तै अपी पावर कम्पनीले फागुन १४ गतेका लागि सभा बोलाएको छ । कम्पनीले गत आवको नाफाबाट ७.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले सभाका लागि फागुन ४ गते बुक क्लोज गरेको छ । ३ गतेसम्म कायम रहेको सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।
ज्योति विकास बैंकले फागुन १४ गतेका लागि वार्षिक साधारण सभा गर्ने बोलाएको छ ।
बिहीबार बसेको बैक सञ्चालक समितिको बैठकले फागुन १४ गते साधरण सभा बोलाउने निर्णय गरेको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा हुनेछ ।
सभामा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र कर सहित ३.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । उक्त प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।
यस्तै सभामा आव २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।
सभाका लागि बैंकले माघ २९ देखि फागुन १४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । माघ २८ गतेसम्म कायम रहने सेयरधनीले मात्रै तोकेको लाभांश र सभामा भाग लिन पाउनेछन् ।