एकीकृत समाजवादीका नेता भुसाल दुर्घटनामा



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भुसाल दुर्घटनामा परेका छन् ।

उनी आफैले चलाएको बा १६ च १३८४ नम्बरको कर बानेश्वर चोकमा दुर्घटनामा परेको हो । शुक्रबार मध्यान्ह उनी पार्टी कार्यालय आलोकनगर जाँदै गर्दा अस्वस्थ भएपछि दुर्घटनामा परेका थिए ।

उनलाई उपचारका लागि सिभिल अस्पतालमा लिएको सन्जय शिवाकोटीले बताए । उनको सवारीमा क्षति पुगेको छ । शिवाकोटीका अनुसार कारको स्टेरिङमा भुसालको शरिरको अगाडिको भाग ठोकिएको छ । उनले अहिले सिभिल अस्पतालमा उपचार भइरहेको बताए ।


क्लिकमान्डु