ग्लोबल आइएमई बैंकले ५ अर्बको ऋणपत्र जारी गर्ने, कति पाइन्छ ब्याज ?
काठमाडौं । ग्लोबल आइएमई बैंकले ५ वर्ष अवधिका लागि ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएकां छ ।
५ वर्ष अवधिको ११.२५% ब्याजदर भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ जारी गर्न लागेको हो ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरमा ५० लाख कित्ता ऋणपत्र माघ २९ गतेदेखि जारी गर्न लागेको हो । जसमा ३० लाख कित्ता बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने छ भने १ लाख इकाई सामुहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी रहेको १९ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि जारी गर्ने छ ।
आवेदनकर्ताले फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ ।