वालेटबाटै रेमिट्यान्स पठाउन सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेटबाटै रेमिट्यान्स पठाउन सकिने नयाँ व्यवस्था गरेको छ ।
भुक्तानी सेवा प्रदायक संस्थाले राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीसँग सम्झौता गरी विदेशबाट आप्रवाह हुने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी रेमिटेन्स भित्र्याउन सक्ने व्यवस्था गरेको जनाएको छ ।
यसरी रेमिटेन्स प्राप्त गर्दा वालेटमा रकम जम्मा गर्न तोकिएको सीमाले बाधा नपुर्याउने भएको छ । वालेटबाट अन्य बैंक खातामा दैनिक २ लाख र मासिक १० लाख रुपैयाँसम्म कारोबार गर्न सकिने छ ।
यस्तै एक वालेटबाट अर्को वालेटमा दैनिक ५० हजारा र मासिक ५ लाख रुपैयाँसम्म कारोबार गर्न सक्ने व्यवस्था गरेको छ ।
विदेशबाट वालेटमा प्राप्त रेमिटेन्स रकम वालेटको ओभर नाइट ब्यालेन्सको सीमाभन्दा बढी भएको अवस्थामा प्रापकले उपलब्ध गराएको बैंक खातामा स्थानान्तरण हुने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले मिलाउनु पर्ने नयाँ व्यवस्था राष्ट्र बैंकले गरेको छ । वालेटबाट वालेट प्रयोगकर्ताको आफ्नै बैंक खाता (वालेटमा लिंक गरिएको) मा रकमान्तर गर्दा कुनै सीमा लाग्ने छैन ।