कुमारी बैंकका ग्राहकलाई सामान खरिदमा २० प्रतिशतसम्म छुट
काठमाडौं । कुमारी बैंक लिमिटेडले सीजी डिजिटल एण्ड एलजी शपे बाट सामान खरिद गर्दा कुमारी बैंकको ग्राहक महानुभावहरुले विशेष छुट प्राप्त गर्ने योजना ल्याएको छ ।
अब कुमारी बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले आधिकारिक सीजी डिजिटल र एलजी शपे मार्फत उत्पादनहरू खरिद गर्दा २० प्रतिशत सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो योजनाको फाईदा कुमारी बैंकका ग्राहकहरुले फागुन १५, २०७९ सम्म पाउनेछन् ।
डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत सीजी डिजिटल एण्ड एलजी शपेमा आफ्नो डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्न मिल्ने प्रावधान गरेको हो ।
आगामी दिनहरुमा पनि कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याइरहने छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।