शाहरुख खानको ‘पठान’ले पाँच दिनमा कमायो ५४३ करोड, बनायो रेकर्ड



काठमाडौं । शाहरुख खानको फिल्म पठानले लगातार पाँचौ दिनमा ठूलो रेकर्ड बनाएको छ । यशराज फिल्म्सका अनुसार, पठानले पाँचौ दिनमा विश्वभरबाट ५४३ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो ।

फिल्मले भारतमा लगभग ३३५ करोड रुपैयाँ र भारत बाहिर २०८ करोड रुपैयाँ कमाएको छ ।

यशराज फिल्म्सले हिन्दी सिनेमाको इतिहासमा पठान सबैभन्दा चाँडो यति धेरै कमाइ गर्ने फिल्म बनेको दाबी गरेको छ ।

शाहरुख खानको फिल्म पठान २५ जनवरीमा रिलिज भएको थियो र रिलिजको दिनबाट यो फिल्मले हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ ।

पठानबाट शाहरुख ४ वर्षपछि पर्दामा देखिएका हुन् । फिल्ममा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम पनि छन्।


क्लिकमान्डु