विराटनगर महानगरको सफाइ अभियान: पार्किङ निषेधित सडक पखालेर चिटिक्क



विराटनगर । विराटनगर महानगरपालिकाले सरसफाइलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित बनाउने अभियानअन्तर्गत महानगरले ब्रुमर लगाएर सडकको धुलो उठानुका साथै सडक पखाल्ने कामसमेत गरिरहेको छ ।

पहिलो चरणमा महानगरले बजार क्षेत्रका मुख्य सडकको धुलो सफा गर्ने अभियान सञ्चालन गरेको छ । पार्किङ व्यवस्थापनपछि महानगरले सडकलाई सफा बनाउन ब्रुमर लगाएर धुलो उठाउने र पानी लगाएर धुने काम गरिरहेको महानगरका सरसफाई शाखा प्रमुख पुनम दाहालले जानकारी दिए ।

शनिमन्दिरदेखि अस्पताल चोक र महावीर रोडलाई पार्किङ निषेधिक क्षेत्र घोषणा गरिएको छ । ‘नो पार्किङ जोन’ घोषणा गरिएको सडक पखालेर चिटिक्क पारिएको छ । मेयर नागेश कोइरालाको निर्देशनअनुसार सफाइलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए ।

महानगरले सरसफाइलाई कडाइ गरिएको उनले सुनाए । घर र पसलअगाडि फोहोर भेटिए सम्बन्धित घर र पसलधनीलाई कारबाही गरिने उनको भनाइ थियो । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा साथ दिन महानगरवासीलाई मेयर कोइरालाले आग्रह गर्दै आएका छन् । महानगरले शनिमन्दिर रोड र महावीर रोड पखालेको छ ।


क्लिकमान्डु