आत्मदाह गर्ने आचार्यका परिवारलाई गृहमन्त्रीले भेटे



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका परिवारलाई भेटेका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरअघि पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका आचार्यको उपचारका क्रममा आज बिहान बर्न अस्पताल कीर्तिपुरमा मृत्यु भएको थियो ।

आचार्यको परिवारले शव बुझ्न अस्वीकार गरेपछि गृहमन्त्री अस्पताल पुगेका थिए । अस्पताल पुगेर लामिछानेले आचार्यका परिवारलाई सान्त्वना दिएका छन् ।


क्लिकमान्डु