क्रोएसिया पठाईदिन्छु भन्दै साढे ८ लाख ठग्ने पक्राउ



काठमाडौं । क्रोएसिया पठाइदिन्छु भन्दै ८ लाख ४० हजार रुपैयाँ ठग्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका–९ का २९ वर्षीय साहिल बस्नेतलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ ।

बस्नेतले वैदेशिक रोजगारीमा क्रोएसियाको प्रतिष्ठित कम्पनीमा मासिक १ लाख भन्दा बढी कमाई हुने गरी फुडप्याकिङको काम लागइदिने र त्यसका लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ ठगेको प्रहरीको भनाइ छ ।

बस्नेतले पीडितहरुबाट उक्त रकम ठगी गरेको भन्ने वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले सिनामंगलबाट पक्राउ गरेको जनाइएको छ ।

बस्नेतलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु