सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको थियो । बुधबार बढेर प्रतितोला सुनको मूल्य १ लाख ६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु