त्रिभुवन विमानस्थलबाट भारतीय पैसासहित ईटालियन नागरिक पक्राउ



काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ लाख १४ हजार भारतीय रुपैयाँ सहित ईटालियन नागरिक रोबर्ट मिगानीलाई पक्राउ गरेको छ ।

ईन्डिगो एयरको उडान नम्बर ६ ई ३२ द्वारा काठमाडौंबाट दिल्ली हुँदै गोवा जान लागेका रोबर्टलाई विभिन्न दरको उक्त भारतीय रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनलाई आवश्यक कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु