कान्ति अस्पतालमा हिमालयन बैंकको काउन्टर सञ्चालनमा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो सेवा–सुबिधा विस्तार गर्ने क्रममा महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।
बुधबारदेखि कान्तिमा थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा आएको बैंकले जनाएको छ ।
बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने बिरामीहरु र बिरामीहरुका परिवारजनलाई लक्षित गरी सो काउन्टरहरु स्थापना गरेको हो ।
उक्त भुक्तानी काउन्टरहरुले सार्वजनिक बिदा बाहेक अन्य दिनहरुमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म ग्राहकलाई सेवा गर्ने बैंकले जनाएको छ ।