नव नियुक्त मन्त्रीले लिए पद तथा गोपनियताको शपथ



काठमाडौं । नव नियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

मंगलबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नेकपा एमालेबाट डा. विमला राई पौडेलले परराष्ट्र मन्त्री, पदम गिरीले स्वास्थ्य मन्त्री, भगवती चौधरी र हरि उप्रेतीले रक्षा मन्त्रीको सपथ लिएका छन् । एमालेबाट बिष्णु पौडेल यसअघि नै उपप्रधान तथा अर्थमन्त्री भइसकेका छन् ।

यस्तै माओवादी केन्द्रबाट रेखा शर्माले सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्रीको सपथ लिएका छन् । माओवादीबाट नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।

मंगलबार राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् ।
राप्रपाबाट सहरी विकास मन्त्रीमा बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान र दीपक सिंह उर्जा राज्यमन्त्रीको सपथ लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम तथा रोजगार र शिशिर खनालले शिक्षा मन्त्रीको सपथ लिएका छन् भने तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेकी छिन् । रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री रहेका छन् ।


क्लिकमान्डु