मोलुङ हाइड्रोपावर आईपीओ नबिकेपछि थपियो आवेदन दिने समय



काठमाडौं । मोलुङ हाइड्रोपावरको साधारण सेयर (आईपीओ) आयोजना प्रभावित स्थानीयले नकिन्दा आवेदन दिन समय थपिएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गरेको थियो ।

मोलुङ हाइड्रोपावरले पुस १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन हो । यता आयोजना प्रभावित क्षेत्रका स्थानीयले सेयरमा आवेदन नदिएका कारण समय थपिएको हो । अब आयोजना प्रभावित स्थानीयले माघ १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ७२ हजार ८५० कित्ता र स्थानीयलाई ८ करोड २ लाख २५ हजार रुपैयाँको ८ लाख २ हजार ५०० कित्ता सेयर स्थानीयलाई निष्कासन गरेको छ ।

आईपीओमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० देखि अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितले सनराइज, माछापुच्छ्रे मुक्तिनाथ विकास बैंक, कुमारी बैंक र लक्ष्मी बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु