विमान दुर्घटनामा राष्ट्रिय शोक, सोमबार सार्वजनिक बिदा



काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा दु:ख व्यक्त गर्दै सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनालाई शोक घोषणा गर्दै भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा चालक दलकासहित ७२ जना सवार थिए ।


क्लिकमान्डु