नबिल बैंकले सीईओलाई दियो २ करोड ८३ लाख तलब भत्ता, सञ्चालकको खर्च करिब १ करोड



काठमाडौं । नबिल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई गत आर्थिक वर्षमा २ करोड ८३ लाख ४४ हजार २६० रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ ।

बैंकले सीईओलाई तलब बपत १ करोड २८ लाख ५६ हजार २५० रुपैयाँ र अन्य लाभ तथा सुविधाहरु १ करोड ४० लाख ७४ हजार ८० रुपैयाँ भुक्तानी गरेको छ । यस्तै निवृत्त लाभ बापत १४ लाख १३ हजार ९३० रुपैयाँ गरी भुक्तानी गरेको जनाएको छ ।
बैंकले आव २०७७।७८ मा सीईओलाई २ करोड ४५ लाख २ हजार ६६९ रुपैयाँ भुक्तानी गरेको थियो ।

यस्तै बैंकले सञ्चालकलाई बैठक भत्ताबापत ६५ लाख ३० हजार १७० रुपैयाँ भुक्तानी गरेको छ । यस्तै सञ्चालक समितिको अन्य शिर्षकमा ३३ लाख २५ हजार ४५२ गरीसहित ९८ लाख ५५ हजार बढीप् ६ सय २२ रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकले अध्यक्षलाई प्रति बैठक भत्ता २० हजार र सञ्चालकलाई १५ हजार दिने गरेको छ । गत आवमा बैंक सञ्चालक समितिको ३५ वटा बैठक बसेको छ ।


क्लिकमान्डु