आजदेखि बैंकको ब्याज घट्यो
काठमाडौं । वाणिज्य बैंकहरुले आज (माघ १ गते) देखि ब्याजदर घटाउका छन् ।
बैंकर्स संघको गत बुधबार बसेको बैठकले आजदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार ब्याजदर घटेको हो ।
संघका अनुसार आजदेखि लागू हुनेगरी १.१३ प्रतिशत बिन्दुले ब्याजदर घटेको छ । यो सँगै निक्षेपको नयाँ ब्याजदर ११ प्रतिशत हुने भएको छ । यसअघि बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने गरेका थिए भने संस्थागत मुद्दती निक्षेपमा १०.१३ प्रतिशत दिने गरेका थिए ।
राष्ट्र बैंकको निर्देशिकाअनुसार बैंक तथा वित्तीय संस्थाले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन् । सोही व्यवस्था अनुसार ब्याजदर घटाएका हुन् । निक्षेपको ब्याज घटेसँगै बैङ्कहरूले आधार दर परिवर्तन हुन्छ । यसले गर्दा कर्जाको पनि ब्याजदर घट्ने छ ।